३० वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल मधेस प्रदेश संसदीय दलको नेतामा चयन हुनु भएका छन्। बाराको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य सोनललाई जनकपुरमा बसेको लोसपाको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।

मधेस प्रदेश सभामा लोसपाका एक निलम्बितसहित ९ जना प्रदेश सभा सदस्यहरू रहेका छन्। संसदीय दलको निर्णय प्रदेश सभा सभामुखसमक्ष पेश गरिएपछि सभामुखले सो निर्णयलाई अनुमोदन गरिसकेको छ।
त्यस्तै यसअघि पनि जितेन्द्र सोनलले २०७४ देखि २०७९ सम्म लोसपाको संसदीय दलको नेताको जिम्मेवारी सम्हालिसकेका थिए। उनी मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको भूमिकामा समेत कार्यरत रहिसकेका छन् भनि सोनलका स्वकीय सचिव रमेश सर्राफले जनाए ।
सोनलको यस नियुक्तिले मधेस प्रदेशमा लोसपाको भूमिका अझ सशक्त हुने विश्वास गरिएको छ भनि आश भएको छ ।


