३० भदौ, काठमाडौं । नेपाल आयल निगमले डिजल,पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

आइतबार मध्यराति १२ बजेदेखि यो मूल्य लागू हुनेछ ।
मूल्य घटेपछि विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको छ ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।


