Lucky-Khabar_

हप्ता दिनको बीचमा करिब साढे १२ सय कर्मचारीको सरुवा

३ असोज, काठमाडौं । सरकारले करिब हप्ता दिनको बीचमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।

content ad p2

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरुको सरुवा गरेको हो ।

केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको छ । यसबीचमा ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिहवरुको सरवा भएको छ ।

उपसचिव पदसम्मका निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयबाट अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयसँग छ ।
निजामती सेवा ऐन, २०४९मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ ।

निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्ने हुन्छ ।
जस अनुसार अहिले मन्त्रालयले कर्मचारीहरुको नियमित सरुवा गरेको हो ।

हेर्नुस् सरुवा भएका कर्मचारीको सूची :-

final 1_2_3_4_merged

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर