Lucky-Khabar_

दिल्लीमा आतिशीले मुख्यमन्त्रीको शपथ खाएपछि केजरीवालको खुट्टा छोइन्

६असोज,भारतको नयाँ दिल्लीकी मुख्यमन्त्री बनेकी आतिशी मार्लेनाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। मुख्यमन्त्री अरविन्द्र केजरीवालले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री बनेकी मार्लेनाले शनिबार उपराज्यपाल वीके सक्सेनासमक्ष शपथ लिएकी हुन।

मार्लेनासँगै सौरभ भारद्वाज,कैलाश गहलोत, गोपाल राय, इमरान हुसैन र मुकेश अहलावतले पनि मन्त्री पदको शपथ लिएका छन्।

content ad p2

अरविन्द्र केजरीवालले तिहाड जेलबाट रिहान हुने बित्तिकै मुख्यमन्त्रीको पदबाट राजीनामा गरेका थिए। आफ्नो विकल्पमा केजरीवालले आतिशीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए।

लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशीलाई दिल्लीको आठौँ मुख्यमन्त्रीको रूपमा शपथ खुवाएका हुन्।

मार्लेनाले मुख्यमन्त्रीको शपथ लिन नीलो साडी लगाएर राजनिवास पुगेकी थिइन् भने आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पनि नीलो सर्टमा उनीसँगै राजभवन पुगेका थिए।आतिशी मार्लेनाले शपथ खाएपछि केजरीवालको खुट्टा छोएर आशीर्वाद लिएकी थिइन्।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर