Lucky-Khabar_

सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटनका मेयर कारागार चलान

१६असोज,पोखरा।ढोरपाटन नगरपालिकाका मेयर एवं इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष देवकुमार नेपाली सहकारीका रकम अपचलन अभियोगमा पक्राउ परेकालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

content ad p2

भारतको नयाँ दिल्लीमा ११ असोजमा पक्राउ परेका नेपालीलाई भारतीय प्रहरी सहयोगमा नेपालमा ल्याएर सोमबार अदालतमा उपस्थित गराइएको थियो । सोमबारको बयानपछि मंगलबार थुनछेक बहससँगै अदालतले यस्तो आदेश आएको हो । सहकारीको शाखा कार्यालय कास्कीमा समेत भएको र यहाँ समेत उजुरी परेकोले नेपालीलाई कास्की जिल्ला अदालतमा पनि उपस्थित गराइनेछ ।
संस्थापक अध्यक्ष नेपालीले बागलुङ जिल्लामा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै सोही बराबरको बिगो माग गरी अदालतमा अभियोग दायर भएको छ । कास्कीमा शाखा रहेको सहकारीमा उनले ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ । यसरी कास्की र बागलुङमा गरी बचतकर्ताको करिब २ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा मुख्य प्रतिवादी बनाइएका नेपाली १६ महिनादेखि फरार थिए । उनलाई पक्राउ गर्न गत वर्ष माघमा रेड कर्नर नोटिसमेत जारी भएको थियो ।

एमालेबाट २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटनको मेयर जितेका नेपाली अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ । शाखा कार्यालयहरू पोखराको सिर्जनाचोक तथा बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन् ।

त्यसै, सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका ओमबहादुर नेपाली भने डेढ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । ओमबहादुर नेपाली देवकुमारका भाइ हुन् ।

सहकारी ठगी अभियोगमा सहकारीका पदाधिकारी चित्रबहादुर भण्डारी, शक्ति किसान, डोरबहादुर परियार, लालमती बुढा, लक्ष्मी सेन र अनिता बुढामगर भने यसअघि नै पुर्पक्षका लागि बागलुङ कारागारको थुनामा र्ताहेका छन् ।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर