१९ असोज,वीरगञ्ज ।आज जिल्ला प्रहरी कार्यलय पर्साले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

६९ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यलय पर्साको प्रांगणमा आज रक्तदान कार्यक्रम समपन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा ३ महिला सहित ७३ जनाले रक्तदान गरेका पर्सा प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो ।

६९ औ प्रहरी दिवसको अवसरमा विभिन्न खेलकुद गतिविधि गरिएको प्रवक्ता भारतीले बताउनुभयो । उनका अनुसार आज साँझ ५ बजे आदर्शनगर रगंशालामा पूर्व लागूपदार्थ सेवनकर्ता र प्रहरीबीच मैत्रीपूर्ण फुटबल खेल हुने प्रवक्ता भारतीले बताउनुभयो ।

त्यस्तै विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरिने र असोज ३० गते विशेष कार्यक्रम गरेर प्रहरी दिवस मनाउने जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी गराएको छ ।


