Lucky-Khabar_

नेपाल रग्बीको ‘च्यालेन्ज थर्ड’ मा पराजित

१९ असोज, काठमाडौं । एसिया रग्बी इमिरेट्स–२०२४ ‘च्यालेन्ज थर्ड’ मा नेपाल पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो।

content ad p2

एक समय नेपाल र अफगानिस्तानको स्कोर ५–५ थियो। तर नेपालले सेकेन्ड हाफमा बलियो प्रदर्शन गर्न सकेन।

तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्दै अफगानिस्तानलाई लगातार अंक सुम्पियो। नेपाल त्यही ५ स्कोरमा रोकिँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो। योसँगै नेपाल २२–५ को स्कोरमा पराजित भोग्नु परयो।

यसअघि नेपाल ‘च्यालेन्ज’मा कतारसँग ३३–० ले पराजित भएको थियो।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर