Lucky-Khabar_

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

२४ असोज, काठमाडौँ । भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेर निधन भएको छ । उहाँको गएराति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति निकालेर रतन टाटाको निधन भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ठ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् ।

content ad p2


प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिका रुपमा सम्झिनुभएको छ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताउनुभएको छ । उहाँले व्यापार र परोपकारको क्षेत्रमा पहिचान बनाउनुभएको छ ।

भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ । रतन टाटाको सन् १९३७ डिसेम्बर २८ तारिखमा जन्म भएको थियो ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

वीरगञ्ज–७ मा फोहोर व्यवस्थापनमा अनियमितताको आरोप, रकम नदिँदा फोहोर नउठाएको स्थानीयको गुनासो

लक्की खबर