Lucky-Khabar_

प्रहरी हवल्दारको माइक्रोले ठक्कर दिँदा मृत्यु

२८ असोज,दमौली । आज बिहान माइक्रोले ठक्कर दिँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा प्रहरी हवल्दारको मृत्यु भएको छ ।

content ad p2

गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए।

गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो ।

घाइते हवल्दार नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर