Lucky-Khabar_

वीरगञ्ज रक्सौलको मितेरी पुलमा आज भारतको एसएसबीले गोली चलायो

२९ असोज,वीरगञ्ज । नेपाल भारत सीमाक्षेत्र वीरगञ्ज रक्सौलको मितेरी पुलमा आज भारतको एसएसबीले गोली चलायो । मितेरी पुलको दक्षिणतर्फ आज दिउँसो भुइमा पड्किएको अवस्थामा बन्दुकको गोली (खोका) फेला परेको पर्सा प्रहरीले बताएको छ ।

content ad p2

प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको बताएपनि नेपालतर्फका सुरक्षा अधिकारीहरुले भने यसको पुष्टि गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार गोलीको खोका बरामद भएको छ । तर, गोली नै चलाएको हो कि होईन भन्ने यकिन भएको छैन भईरहेको बताउनुभयो ।

भारतको अहिरवा टोलाबाट
कबाड संकलन गर्ने दुई महिला र दुई पुरुषलाई लखेट्दै आएका भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले गोली चलाएको प्रत्यक्षदर्शी महिलाले बताएकी छिन् । एसएसबीले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शी महिलालले बताइन् ।

एसएसबीले गोली चलाएपछि भने प्रत्यक्षदर्शी ती महिला र पुरुष नेपाल तर्फ भागेको बताइएको छ । नेपालतर्फका एक सुरक्षा अधिकारीका अनुसार भारतीय सीमा सुरक्षा बलले गोली लोड भएको हतियार सहित पुलक्षेत्रमा आउँदा असावधानीवस पड्किएको हुनसक्ने बताएको छ ।

उनका अनुसार भारतीय सीमा सुरक्षा बलको लोड भएको हतियारमा ट्रिगरलाई तैनाथ गरिएर राखेको हुने र उनीहरुको असावधानीले पड्किएको हुनसक्ने ती सुरक्षा अधिकारीले अनुमान लगाएका छन् ।

घटनाको पुष्टि भने अझै भएको छैन । नेपालतर्फको सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारीहरु घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी गराएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर