Lucky-Khabar_

बाराको त्रिवेणी पुल नजिक भएको शव विरेन्द्र साह सोनारको रहेको

१ कात्तिक,वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक भएको शवको पहिचान भएको छ ।

मृत अवस्थामा फेला परेको पुरुष वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका विरेन्द्र साह सोनारको रहेको छ भनि जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएको छ |
शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताउनु भयो ।

content ad p2


साहको हत्या गरिएको हो उहाँ अन्य केही कारणले मृत्यु भएको हो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान शुरु गरेको बताउनुभयो ।

आज बिहान हिँडडुल गर्न निस्केका स्थानियले नहर छेउमा शव देखेर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोली शव परेको स्थलमा पुगेर शवको पहिचान गरेको हो ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर