Lucky-Khabar_

आज सरकारलाई विपक्षी दलहरुले ज्ञापनपत्र बुझाउदै

५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद्का विपक्षी दलहरूले आज ज्ञापनपत्र बुझाउँदैछन्। सोमबार दिउँसो चार बजे विपक्षी दलहरुले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन्।

content ad p2

गएको शुक्रबार बसेको प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र०, प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।

उक्त बैठकले ज्ञापनपत्रको मस्यौदा तयार गर्न माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाललाई जिम्मा दिएको थियो।

बाढीपहिरो पीडितलाई राहत तथा उद्धारमा भएको ढिलाइबारे प्रश्न गर्दै विपक्षी दलहरुले ज्ञापन पत्र बुझाउन लागेका हुन्।

त्यस्तै ज्ञापनपत्रमा मुख्यरुपमा बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्नुपर्नेसहितका माग समेटिएको एक नेताले जानकारी दिए।

गएको बर्खामा सरकारको लापरबाहीले ठूलो जनधनको क्षति भएको आरोप विपक्षी दलका नेताहरुले लगाउँदै आएका छन्।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको तयारी छ।

सम्बन्धित खबर

जनताको सेवा अवरुद्ध हुनु हुँदैन : वडा कार्यालय निरीक्षणमा सांसद सुशील कानू

लक्की खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर