Lucky-Khabar_

४० जना सहसचिवको सरुवा वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत भट्टराई सहित

५ कार्तिक, वीरगञ्ज । राजपत्र प्रथम श्रेणीका ४० जना सहसचिव तथा सो सरहका कर्मचारीहरुको मन्त्रीपरिषदको निर्णयले सरुवा गरेको छ । कार्तिक २ गते बसेको मन्त्री परिषदको निर्णय अनुसार पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मात्रृका भट्टराई सहित ४० जनाको सरुवा गरिएको छ ।
वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत भट्टराईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । यद्यपि उहाँ अहिले अमेरिका भ्रमणमा गएका छन् । उनको अनुपस्थितिमा वीरगन्ज महानगरमा प्रमुख प्रशासकीय अधिकृतमा शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णलाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै यसअघि वीरगन्ज भन्सार कार्यालयका प्रशासकको रुपमा रहेर अर्थमन्त्रालय अन्तर्गत सरुवा भएका डिलाराम पन्थीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनीमा सरुवा गरेको छ ।

content ad p2

यस्तै आन्तरकि मामिला तथा कानून मन्त्रालय मधेस प्रदेशका विरेन्द्र कुमार यादवलाई राष्ट्रिय योजना आयोग सिंहदरबारमा सरुवा गरिएको छ । रामकुमार महतोलाई लोकसेवा आयोगबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेस प्रदेश अन्तर्गत सरुवा गरेको छ ।
सहसचिव सरुवा विवरण 2081-07-02

सम्बन्धित खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर