Lucky-Khabar_

नेपालले आफैँ एआईको विकास गर्न आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफैँ एआईको विकास गर्न आवश्यक रहेको र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी सरकारले गरिरहेको बताएका छन्।

content ad p2

काठमाडौँमा युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई)सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ मा उनले यस्तो बताएका हुन्।

‘आर्टिफिसियल इन्टेलिजेन्सले विकासका लागि ठूलो सहयाग गरेको छ। सँगै यसले समाजमा मिस इन्फरमेसन फैल्याएर समाजमा द्वेष कलह भएको छ। यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थित, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ‚’ उनले भने, ‘विकासका लागि हामीले डिजिटल नेपालको कन्सेप्ट अघि सारेको हो। एआईको स्ट्राटेजी प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा हामी छौँ।’

प्रधानमन्त्रीले एआईको स्ट्राटेजी प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा सरकार लागेको बताए। उनले एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने बताए।

उनले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताए। प्रधानमन्त्री ओलीले एआईका गलत पक्षलाई छोडेर राम्रा पक्षहरु ग्रहण गर्न आवश्यक रहेको बताए।

उनले जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्ने बताए। देशको विकासमा सहयोग पुग्ने उद्देश्यबाट एआईको प्रयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

सम्बन्धित खबर

विदेशमा समेत निर्यात हुन थाल्यो डीडीसीको घिउ

लक्की खबर

घरमै राहदानी पुर्‍याउने सेवा विस्तार: अब सेवाग्राहीलाई सहज हुने

लक्की खबर

वनमै कुहिँदै वार्षिक २० अर्बको साल: नीतिगत झमेलाले राज्यलाई अर्बौँको घाटा

लक्की खबर