Lucky-Khabar_

सलमान र बाबा सिद्दिकीका छोरा जिशानलाई ज्यान मार्ने धम्की दिने गिरफ्तार

१३कार्तिक्, मुम्बई ।मुम्बई प्रहरीले बलिउड अभिनेता सलमान खान र महाराष्ट्रका एनसीपी नेता जिशान सिद्दिकीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा उत्तर प्रदेशको नोएडाबाट २० वर्षीय मोहम्मद तैयब नामका युवकलाई पक्राउ गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, निर्मल नगर प्रहरीका एक अधिकारीले बताए अनुसार जिशान सिद्दिकीको हेल्पलाइन नम्बरमा फोन गरी सलमान र जिशानलाई मार्ने धम्की दिइएको थियो । प्रहरीले आरोपितलाई थप अनुसन्धानका लागि मुम्बई ल्याइसकेको छ ।

content ad p2

थप जानकारी अनुसार, केही समयअघि जिशान सिद्दिकीका पिता बाबा सिद्दिकीको मुम्बईको बान्द्रा इस्ट क्षेत्रमा गोली प्रहारबाट हत्या भएको थियो ।

बाबा सिद्दिकी करिब ४८ वर्षसम्म कंग्रेस पार्टीमा आवद्ध रहेर यसै वर्ष फेब्रुअरीमा एनसीपी (अजित पवार समूह) मा प्रवेश गरेका थिए । बाबुको निधनपछि उनका छोरा जिशान पनि हालै कंग्रेस छाडेर एनसीपीमा प्रवेश गरेका छन् ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानलाई थप तीव्र बनाएको जनाईएको छ ।

सम्बन्धित खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर