१५ कात्तिक,काठमाडौँ । नेपाल प्रहरीमा २ प्रहरी नायव महानिरीक्षक(डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका २ डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।





बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल छन् । बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन् ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बताएको छ ।


