Lucky-Khabar_

अदालतमा ट्राफिकले जबरजस्ती साँचो निकाल्ने कार्यको विरुद्ध मुद्दा, विपक्षीसँग अदालतले माग्यो लिखित जवाफ

२६ कात्तिक, वीरगञ्ज । “सवारीको कागजात देखाउन ढिला भयो, वा छैन कि भन्ने आशंका भएपछि ट्राफिक प्रहरीले तुरुन्तै सवारीबाट साँचो निकाल्छन् ।” यस कार्यको विरुद्ध कानुन पढ्ने विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनमा मुद्दा दायर गरे । उनका अनुसार यो ट्राफिक प्रहरीको दादागिरी नै हो ।

content ad p2

सवारी चालकको साँचो (चावी) खोस्ने कार्य गरिनु गैर कानूनी भएको भन्दै कानुन पढने विद्यार्थी चौधरीले नेपाल प्रहरी प्रधान कार्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

उक्त मुद्दामा आईतबार महान्यायधिवक्ता (न्यायधीश) टंक प्रसाद गुरुङ्गको एकल इजलासले सुनुवाई गरेको छ ।

त्यस्तै प्रहरीले सवारी चालकको गाडीको साँचो खोस्न वा जबरजस्ती रुपमा निकाल्ने जस्तो कार्य गर्न मिल्छ भनेर कानुनमा उल्लेख छैन । तर प्रहरीले प्राप्त गरेको कानून बमोजिमको अधिकार भन्दा बढी अधिकार प्रयोग गरी आफ्नो अधिकार क्षेत्र नाघी हुदै नभएको अधिकार प्रयोग गर्ने गरेको कार्य गैर कानूनी रहेको भन्दै अधिवक्ता रामप्रवेश यादवले निवेदकको तर्फबाट बहस थालेका थिए ।

न्यायधीश गुरुङ्गको इजलासले विपक्षीहरु नेपाल प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग यस विषयमा लिखित जवाफ माग गरेको छ ।

अधिवक्ता रामप्रवेश यादवले जानकारी दिए अनुसार उक्त निवेदनमा निवेदकले माग गरेको अन्तरिम आदेशको सम्बन्धमा भने मंसिर ३ गतेको लागी छलफल मिति तोक्न आदेश दिएको छ|

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

सीमा क्षेत्रमा तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

लक्की खबर