Lucky-Khabar_

एमालेको जागरण र शक्ति प्रदर्शनले सर्वसाधारण आक्रोशित तथा सडक यात्रु चरम सास्तीमा

७ मंसिर,काठमाडौ। सत्तारुढ दल एमालेको सडक शक्ति प्रदर्शनका कारण काठमाडौं दरबारमार्गमा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । कार्यालय समयमा यसैत अत्याधिक व्यस्त रहने सडक त्यसमा एमालेको सडक शक्ति प्रदर्शनले काठमाडौंवासी जामको चरम सास्ती भोग्नु परेका छन् ।

प्रदर्शनले सडक र सवारीलाई सास्ती तथा सरकारी तथा निजी कार्यालयहरू पनि ठप्प बन्न पुगेका छन्।कर्मचारीहरूले १२ बज्नै लाग्दा पनि आफ्नो कार्यालय पुग्न सकेका छैनन्। सेवाग्राहीको अवस्था पनि उस्तै छ। कार्यालय पुगेका सेवाग्राहीले आफ्नो काम गराउन पाएका छैनन्।

राजधानीका विद्यालयहरूमा यसको असर परेको छ। विद्यार्थी र शिक्षकहरू अहिलेसम्म पनि विद्यालयमा पुग्न सकेका छैनन् । घण्टौँ जाममा फसेका सर्वसाधारणहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। आफै सत्तामा बस्ने अनि आफै जनतालाई सास्ती दिने भन्दै उनीहरूले आक्रोश व्यक्त गरिरहेका हुन् ।

content ad p2

एमालेले आज दरबारमार्गमा जनप्रदर्शन गर्दैछ। पार्टीले विरोधीहरुलाई आफ्नो तागत देखाउन आयोजना गरेको यो प्रदर्शनलाई सर्वधारण र विश्लेषकहरूले भने बिना अर्थ जनतालाई दुख दिने काम भएको बताएका छन् । सत्तारुढ दलले नै आवागमन प्रभावित हुने गरी सडकमा कार्यकर्ता उतार्नुको कुनै औचित्य नरहेको उनीहरूको तर्क छ ।

एमालेको सभालाई मध्यनजर गर्दै आज बिहानैबाट ट्राफिक प्रहरीले दरबारमार्गमा यातायात आवागमन बन्द गराएको थियो । जसले गर्दा आसपासका सडकहरूमा सवारीको चाप बढेको छ । केशरमहल, जयनेपालहल, महेन्द्र शालिकबाट गाडीहरू डाइभर्सन गरिएका थिए ।

जागरणसभाका लागि शुक्रबार मध्यान्ह १२ बजे भद्रकालीबाट सुरु भएको रयाली सुन्धारा, वीर अस्पताल, घन्टाघर रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । ‘शक्ति प्रदर्शन’मा काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट १ लाख मानिस उपस्थित गराउने तयारी एमालेको थियो । तथा आजै ललितपुरको बालकुमारीमा दुर्गा प्रसाईँको अभियानले पनि प्रदर्शन गर्दै थिए ।

सम्बन्धित खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर