Lucky-Khabar_

कर्मचारीहरुद्वारा ठाकुरराम बहुमुखी क्याम्पसमा तालाबन्दी

१४ मंसिर,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका कर्मचारीहरु आन्दोलित भई तालाबन्दी गरेका छन् ।

content ad p2

क्याम्पस प्रशासनले १ जना कर्मचारीलाई व्यक्तिगत पूर्वाग्रह राखेर अन्यायपूर्ण पटक पटक सरुवा गरेको विरोधमा त्रिवि कर्मचारी संघले क्याम्पस प्रशासन विरुद्ध आन्दोलन गरेका हुन् ।


त्रिवि कर्मचारी संघ ठाकुराम ईकाई अध्यक्ष किशोरी चौधरीले बताए अनुसार ठाकुराम बहुमुखी क्याम्पसका सरुवा हुनुपर्ने कर्मचारीलाई सरुवा नगर्ने तर, एकजना कर्मचारीलाई भने व्यक्तिगत पूर्वाग्रह राखेर पटक पटक सरुवा गरेकोले त्यसको विरोधमा आन्दोलित हुनुपरेको छ।

क्याम्पसका कर्मचारी बुधन बुधन मुखियालाई १ बर्ष पनि नभई पटक पटक विभिन्न शाखामा सरुवा गरेको र पछिल्लो पटक ठाकुरराम बहुमुखी क्याम्पसबाट सिराहा क्याम्पसमा सरुवा गरेकोले सरुवा रोक्न कर्मचारीहरुले आन्दोलन गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

आन्दोलनरत कर्मचारीहरुले क्याम्पस प्रमुख, लेखा, प्रशासन, आईटी, स्टोर, परीक्षा शाखा लगायतको कार्यलयहरुमा ताला बंदी गरिएको इकाई अध्यक्ष चौधरीले जानकारी दिए । क्याम्पसको सहायक लेखापालको पदमा रहेका गुञ्जन सिंह ठाकुरराम बहुमुखी क्याम्पसमा लेखा प्रमुखको रुपमा कार्यरत रहेका थिए ।

लेखा प्रमुखको रुपमा कार्यरत रहेका कर्मचारीहरुको सरुवा गर्ने समयमा क्याम्पस प्रमुख रञ्जीत प्रसाद यादवले उनको सरुवा नगरेर काजमा खटिएका सहायक लेखापाल बुधनलाई सिराहा क्याम्पसमा सरुवा गरिदिएको कर्मचारीहरुको आरोप छ ।

स्टोर शाखाकी गीता श्रेष्ठ र क्याम्पस प्रमुख यादवको मिलेमतोमा सिंहको सरुवा नगरी उनीहरुको व्यक्तिगत रिसिवीले बुधनलाई सरुवा गरेको क्याम्पसका कर्मचारीहरुको भनाई छ । २०७९ साउन १९ गते त्रिचन्द्र क्याम्पसमा नियुक्ति भएका बुधनको २०७९ भदौ ७ गते ठाकुरराम बहुमुखी क्याम्पसमा काजमा खटाईएको थियो।

ठाकुरराम बहुमुखी क्याम्पसमा कार्यरत रहँदा उहाँलाई लेखा शाखाबाट २०८० असार ४ गते परीक्षा शाखामा सरुवा ग¥यो । त्यसपछि शिक्षा संकायको फाँटमा प्रमुख जिम्मेवारीमा पठाएको र अहिले भने सिधै सिराहा क्याम्पसमा सरुवा गरेको छ ।

त्रिवि कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष विजय कुश्वाहाले बताए अनुसार पटक पटक एउटै व्यक्तिलाई सरुवा गरेको र ठाकुरराम बहुमुखी क्याम्पसमै कर्मचारी अभाव भएको बेला सिराहा सरुवा गरेकोले सरुवा फिर्ता हुनुपर्ने माग सहित कर्मचारी संघले आज कामकाज ठप्प पारेर आन्दोलन शुरु गरेको छ ।

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

मेहनत र अनुशासनले सुरक्षा निकायका पाँच पदमा सफलता, धिराजन परियार बने प्रेरणाका पात्र

लक्की खबर