Lucky-Khabar_

मधेश प्रदेशको गृह मन्त्री लेखीले गढीमाई मेलामा सुरक्षा ब्यवस्थामा कुनै कसर बाकी रहदैन बताए

१५ मंसिर,कलैया । बाराको बरियारपुरमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखिले अवलोकन तथा निरीक्षण गरेका हुन । मन्त्री लेखीले गढीमाई मेलामा सुरक्षा ब्यवस्थामा कुनै कसर बाकी रहदैन बताए

content ad p2

गढीमाई मेलाको अवलोकन तथा निरीक्षण पछि महागढीमाई नगरपालिकामा आयोजित छलफल कार्यक्रममा प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री लेखिले मधेश एकै महिनामा २ वटा ठूलो मेला लाग्ने भएकोले सुरक्षामा कुनै किसिमको कसर बाकी नरहने गरि गृह मन्त्रालयले काम गरिरहेको बताए ।

मन्त्री लेखिका अनुसार प्रत्येक५ /५ बर्षमा लाग्ने गढीमाई मेलामा दर्शनार्थीहरुको धेरै भिड हुने गरेकोले सुरक्षा ब्यवस्थापनमा कुनै कसर बाकी नरहने मन्त्री लेखिले बताए ।बिवाह पन्चमीको अवसरमा जनकपुरमा समेत ठूलो मेला लाग्ने भएकोले अहिले प्रदेश सरकारको ध्यान जनकपुर र बरियारपुरमा लाग्ने गढीमाई मेलामा केन्द्रित रहेको समेत बताए ।

गढीमाई धार्मिक र पर्यटकीय हिसाबले पनि एउटा ठूलो अस्था बोकेको मन्दिर रहेकोले यसको संरक्षणमा केन्द्र सरकार र प्रदेश सरकारको ध्यान अहिले केन्द्रित रहेको मन्त्री लेखिले छलफलको क्रममा बताए ।

मंसिर ०१ गते देखि सुरु भएको बिश्व प्रसिद्ध गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि महागढीमाई नगरपालिकाको नगरप्रमुख लगाएतको टोलि दिनरात एक गरेर मेलाको ब्यवस्थापनमा कुनै कसर बाकी नरहने काम गर्नु नै मेलाको ठूलो सफलता रहेको समेत मन्त्रीले बताए ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर