Lucky-Khabar_

रोल्पामा पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु

१६ मंसिर,दाङ । रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पुरिएर आज ५ मजदुरको मृत्यु भएको छ।

सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतले बताएको छ ।

मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो। पुल निर्माणमा सात मजदुर खटिएका थिए। पर्खाल भत्केको देखेपछि २ जना भाग्न सफल भएको प्रहरीले बताएको छ।

content ad p2

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर