Lucky-Khabar_

भारतीय अभिनेता अल्लु अर्जुन आफ्नो निवासबाट गिरफ्तार

२८ मङ्सिर, वीरगञ्ज ।साउथका सुपरस्टार अभिनेता अल्लू अर्जुनलाई भारतको हैदराबादस्थित सन्ध्या सिनेमा हलमा ४ डिसेम्बरमा भएको हङ्गामा घटनामा गिरफ्तार गरिएको छ ।

content ad p2

अर्जुनलाई शुक्रवार उनको निवासबाट प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको हो ।

उक्त घटनामा १ महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका थिए ।


४ डिसेम्बरमा, सन्ध्या सिनेमा हलमा अभिनेता अल्लू अर्जुनको तेलुगु फिल्म ‘पुष्पा: द रूल पार्ट २’ को प्रिमियरको अवसरमा भारी भीड जम्मा भएको थियो । सोही भीडमा महिलासहित उनका परिवार पनि सामेल थिए । फिल्मको प्रिमियर हेर्नका लागि उत्साहित फ्यानहरूले अनुशासन गुमाउँदा महिलासहित अन्य धेरै व्यक्तिहरू प्रभावित भए । हङ्गामा महिलाको मृत्यु भएको थियो र उनका छोरा गम्भीर घाइते भएका थिए ।

घटनालाई लिएर ८ दिन पछि, आज अभिनेता अल्लू अर्जुनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीले पक्राउ गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनी र उनका सुरक्षा टोली तथा सिनेमा हलका व्यवस्थापकविरुद्ध भारतीय दण्ड संहिता (बीएनएस) का धारा १०५ र ११८(१) अनुसार मुद्दा दर्ता गरिएको छ । मृतक महिलाका परिवारको उजुरीका आधारमा केस दर्ता भएको हो ।

अल्लू अर्जुनलाई बिहान उनका निवासबाट गिरफ्तार गरिएको हो । घटनाले उनका समर्थकहरू र सिनेमा हलका व्यवस्थापनको जिम्मेवारीप्रति सवाल उठाएको छ ।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर