२९मन्सिर्, बुटवल|।गए राति पूर्व-पश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

हिजो राती उपचारका लागि बिरामी बोकेर जाँदै गरेको लु२च २४८० नम्बरको बलेरो तिनाउ पुल नजिकै दुर्घटना भएको र उक्त गाडीमा सवार ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले बताए अनुसार दुर्घटनामा बुटवल उपमहानगरपालिका-१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको छ ।

गौरीलाई एक्कासि दम बढेपछि उपचारका लागि बुटवल–१३ स्थित अर्घाखाँची क्याटरिङको जीपमा नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताएको छ।


