१ पुष,काठमाडौँ । आज सुनको मूल्य फेरी ४ सय रुपैयाँ प्रति तोलाले बढेको छ ।

आइतबार १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।


चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।


