Lucky-Khabar_

विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गतेसम्म जारी रहने

१ पुष, वीरगञ्ज । विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला मङ्सिर १ गतेदेखि सुरु माघ ५ गते औपचारिक रूपमा समापन हुने भएको छ । हालसम्म १ करोड भन्दा बढी दर्शनार्थीहरूले मेलामा सहभागी भएर गढीमाईको दर्शन गरेको गढीमाई मेला मूल व्यवस्थापन समितिले जानकारी दिएको छ ।

content ad p2

पशु बलिका लागि विश्वभर परिचित गढीमाई मेला नेपाल र भारत मात्र होइन, अन्य धेरै देशका भक्तजनहरूको पनि गन्तव्य बनेको छ । भक्तजनहरूले आफ्नो मनोकामना पूरा भएमा राँगा र बोकाको बलि चढाउने परम्पराअनुसार पूजा अर्चना गर्ने गरेका छन् ।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार, माघ ५ सम्म थप १५ लाख दर्शनार्थी मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ । उनका अनुसार, मङ्सिर महिनाको अत्यधिक भीडका कारण कतिपय दर्शनार्थी अहिले माघको सुरुवातमा मेला हेर्न आउने गरेका छन् ।

सुरु भएदेखि नै २०८१ सालको गढीमाई मेला शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र यसलाई माघ ५ सम्म सफलतापूर्वक सम्पन्न गरिनेमा प्रमुख यादवले विश्वस्त छन् ।

त्यस्तै मेला स्थलमा दर्शनार्थीहरूको सुविधा र सुरक्षाका लागि व्यापक व्यवस्था गरिएको छ । बिजुली बत्ती, सिसिटिभी, शौचालय, नि:शुल्क वाईफाई, मन्दिर वरिपरिका पार्किङ र ट्राफिक व्यवस्थापनदेखि नि:शुल्क स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, वारुणयन्त्र, घुम्ती एटिएम र भोजनसमेतको सुविधा उपलब्ध छ ।

विश्वकै अद्वितीय धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा गढीमाई मेला सबैलाई आकर्षित गरिरहेको छ ।

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

एकअर्कालाई सम्मान र सहयोग गर्नु सबैको दायित्व : सांसद सुशिल शाह कानु

लक्की खबर