Lucky-Khabar_

६० भन्दा बढी व्यक्तिहरू नेपाली कांग्रेस पार्टीमा प्रवेश

४ पुष,बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका ६० भन्दा बढी व्यक्तिहरू नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्।

content ad p2

पार्टी प्रवेश कार्यक्रम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता डा. शेखर कोइराला, नेपाली कांग्रेस बारा जिल्लाका उपसभापति तथा पूर्व मेयर अमिरीलाल पाल, उपसभापति मनोज भट्ट, र बारा क्षेत्र नं. ४ (ख) का सभापति लोकेश सिंहको रोहबरमा सम्पन्न भएको थियो।

कार्यक्रममा विश्रामपुर गाउँपालिकाका वार्ड नं. ०१ बाट डा. रिजवान, कमरूल होदा, सदाम हुसेन, एजाजुल मिया, राम अषिश चौधरीसहित १५ जना नेताहरूले पार्टी प्रवेश गरे।
वार्ड नं. ०२ बाट वडाध्यक्ष पदका प्रत्यासी साकिल अंसारी, दरोगा साह, उमेश बैंठासहित ९ जना, वार्ड नं. ०३ बाट बृजलाल पटेल, सन्तोष पण्डित, शम्भु चौधरीसहित १० जना, वार्ड नं. ०४ बाट वडाध्यक्ष पदका प्रत्यासी प्रदीप गुप्ता, सोनालाल ठाकुर, आश महमदसहित २० जना तथा वार्ड नं. ०५ बाट भोला महतोसहितका नेता तथा कार्यकर्ताहरूले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

अन्य पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्ने नवप्रवेशीहरूलाई पार्टीले स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ। कार्यक्रममा सहभागी नेताहरूले नवप्रवेशीहरूको आगमनले पार्टी थप सशक्त र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर