५पुष्, वीरगञ्ज|आज नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेपाल युवा उद्यमी मञ्च ९एनवाईईएफ० वीरगन्ज च्याप्टरले सम्मान गरेको हो ।


देशको चौथो अंगको रुपमा मानिने पत्रकारिता क्षेत्रसँग नेपालको अर्थतन्त्रको एउटा हिस्साको रुपमा रहेको निजीक्षेत्रको युवा उद्यमीहरु पनि आर्थिक विकासमा सहकार्य गर्न सकिने उद्देश्यले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई युवा उद्यमी मञ्चले सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मान कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सचिव, कार्यसमिति सदस्यहरु, केन्द्रीय पार्षद, प्रदेश परिषद सदस्यहरुलाई नेपाल युवा उद्यमी मञ्च वीरगन्जका अध्यक्ष पंकल अग्रवालको अध्यक्षतामा भएको थियो ।


