Lucky-Khabar_

मुस्याख्वा र बस्याल पक्राउ वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा

४पुष्, काठमाडौं | अस्ट्रेलिया र दुबई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१० कमलविनायक का ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँका ३७ वर्षीय बुद्धिबहादुर बस्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

मुस्याख्वाले अस्ट्रेलिया पठाउने भन्दै २ लाख ठगी गरेको आरोपमा बागबजारबाट र बस्यालले दुबई पठाउने भन्दै १ लाख ९० हजार ठगी गरेको आरोपमा सामाखुशीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ।

content ad p2

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर