Lucky-Khabar_

सर्वोच्चले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिए

५ पुष,काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ।

content ad p2

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएकोमा न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।

प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेकोमा सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा पुनः पक्राउ गरेको थियो। यससँगै प्रसाईं रिहा हुने भएका छन्।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर