Lucky-Khabar_

बारामा कारभित्र पुरुषको शव बरामद भएको गोली लागेको आशङ्का

७पुष्, वीरगञ्ज । बाराको आमाडार-रमौली सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव बरामद भएको गोली लागेको आशङ्का छ ।

content ad p2

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान कारभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ ।

बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र भेटिएको शवको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । मृतक पुरुषको पहिचान भने खुल्न सकेको छैन ।


स्थानीयवासीले मृतकको टाउकोमा गोली लागेको दाबी गरेका छन् । तर, घटनाबारे आधिकारिक पुष्टि नभइसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप जानकारी लिन बारा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का र जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) बलराम श्रेष्ठलाई सम्पर्क गर्दा फोन उठेन ।

घटनास्थलमा अनुसन्धान कार्य सुरु भएको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।अरु विस्तृत विवरण खोज्न प्रहरी थप अनुसन्धानमा जुटिरहेको छ आउँन बाकि छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर