Lucky-Khabar_

नुवाकोटमा दुर्घटनामा आठ जना घाइते

१माघ,काठमाडौं |आज माघ १ गते नुवाकोटको विभिन्न स्थानमा मंगलबार भएको दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।

content ad p2

माघे संक्रानितको दिन पर्व मनाउन र आफन्तको जान लागेका बेला ३ स्थानमा भएका दुर्घटनामा आठ जना घाइते भएका हुन्। तीनै स्थानमा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

त्रिदेशीय मार्ग अन्तर्गत गल्छी–देवीघाट खण्डमा दुई र त्रिशूली–बेत्रावती सडकखण्डमा ३ दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। सो मार्ग अन्तर्गत रहेको बेलकोटगढी नपा ७ महादेवफाँटमा बा८४प ३८३६ नम्बर र प्र३–०६०१प४६४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये बेलकोटगढी नपा ७ रातमाटेका १८ वर्षीय आयुश अर्याल गम्भीर घाइते भएका छन्। उनको काठमाडौंस्थित नेपाल भारतमैत्री अस्पतालमा उपचार भइरहेको छ।

सोही दुर्घटनामा परि सर्लाही चक्रघट्ट ६ का २४ वर्षीय वैजु साह र धादिङको नेत्रावति २ की १७ वर्षीया पुर्णिमा तामाङ घाइते भएकी छन्। बेलकोटगढी नपा ७ रातमाटेमै मोटरसाइकल र स्कुटर ठोकिएर भएको अर्क दुर्घटनामा तीन जना घाइते भएका छन्।

सोही सडकमार्ग अन्तर्गत विदुर नपा १० भैंसेमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेहरूको त्रिशूली अस्पतालमा उपचार गरिएको नुवाकोट प्रहरीले बताएको छ।

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर