१०माघ,काठमाडौं| पेस्तोलसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। काठमाडौंबाट ढाका जाँदै गरेका मोहम्मद निजामुद्दिन भारतीय नागरिकलाई पेस्तोलसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

निजामुद्दिन आज अपरान्ह विमानबाट काठमाडौं हुँदै बंगलादेश जाँदै थिए। चेकजाच गर्ने क्रममा उनि पेसतौल सहित फेला परेका थिए | निजामुद्दिन माथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



