Lucky-Khabar_

रास्वपा सभापति रवि लामिछानेविरुद्धको थुनछेक आज बहस हेर्दाहेर्दैमा राखियो

१०माघ,भैरवा |जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको रास्वपा  सभापति रवि लामिछानेविरुद्ध  सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ। आज  सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दै राखिएको हो।

content ad p2

बुधबार अदालतमा हाजिर भएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्माजमानी छाडिएको थियो। जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए अनुसार  बिहीबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको छ ।

 

थुनछेक बहस सुरु हुनु अघिनै सरकारी वकिल, जाहेरवालाका अधिवक्ताले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनुपर्नेमा परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको भन्दै इजलासमा प्रतिवाद गरेका थिए।

सुनुवाइका क्रममा थुनछेक बहस चलिरहँदा रवि लामिछानेलाई हिरासत पठाउनुपर्नेमा बाहिरै रहने गरी श्रीमतीको जिम्मा लगाएपछि सरकार पक्षले प्रश्न उठाएको हो।
बहसमा वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता बसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनिल लामिछाने, पवित्र भण्डारी, सोमकान्त भण्डारी, उप न्यायाधिवक्ता रवि न्यौपाने, प्रकाश मरासिनीले बहस गरेका थिए।

त्यस्तै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। शुक्रबार जाहेरावाला र प्रतिवादीको तर्फबाट बहस हुने बताइएको छ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर