Lucky-Khabar_

भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले पदभार ग्रहण गरे

१०माघ्, वीरगञ्ज ।आज  भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा आयोजित एक कार्यक्रमका बिच अहमदले दोस्रो पटक पदभार ग्रहण गरेका हुन् ।

अध्यक्ष अहमदले  पदभार ग्रहण गर्दै पर्सा जिल्लामा बाँकी रहेका भूमि सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघिको कार्यकालमा पनि आफूले सक्रिय पूर्वक काम गरेको दाबी गर्दै उनले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थामा लाग्ने योजना सुनाए ।

साथै उनले यसअघि भूमि सम्बन्धी भएका काम र प्रगतिको सँगालो स्मारिका प्रकाशन गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भूमि सम्बन्धी जटिल समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।अहमदले भूमि समस्या समाधान आयोगले वर्षौँदेखिका भूमिहीन र सुकुम्वासीका समस्यालाई समाधान गर्ने विश्वास पनि व्यक्त गरे ।


सो अवसरमा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन कुमार सर्राफ, पर्साको ठोरी गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान आयोगका दिलीप कुमार सिंह, नापी शाखाका प्रमुख दिपक कुमार सिंह, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव विजय चौहान लगायतको उपस्थिति रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर