Lucky-Khabar_

बाराको बिश्वप्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने ३ जना पक्राउ

११ माघ,बारा । बाराको महागढ़ीमाई  अवस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

content ad p2

गत माघ १ गतेको दिन ती व्यक्तिहरूले मन्दिरभित्र रहेका विभिन्न धार्मिक सामग्रीमा क्षति पुर्‍याएका र मन्दिरमा  दर्शनार्थीले चढाउँन ल्याएका परेवा उनीहरु लुटेका आरोप लागेको छ ।

उनीहरुले तोडफोड गर्ने क्रममा घण्टी, पंखा, त्रिशूल, सि.सि. क्यामरा, दान पेटिका लगायतका सामानमा नोक्सानी पुर्‍याएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए ।
घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मन्दिरमा जडान गरिएको सिसिटिभी फुटेजका आधारमा दोषीहरूको पहिचान गरेको थियो। अनुसन्धानपछि प्रहरीले तीनजनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेहरूमा  बृन्दावन नगरपालिका वडा नं. २रौतहट का २३ बषिय एजाज अंसारी, बाराको महागढ़ीमाई नगरपालिका वडा नं.१ का १९ बषिय अरमान अंसारी, र सोही वडाका ३६ वर्षीय बिद्या सागर पटेल रहेका छन् । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ। साथै, पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।

धार्मिक स्थलमा भएको यस किसिमको तोडफोडले समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने भएकाले दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग स्थानीयहरूबाट उठेको छ ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर