Lucky-Khabar_

वरिष्ठ अधिवक्ता दिने त्रिपाठी अपमान हुनेगरी अभिव्यक्ति दिएको विरुद्ध अदालत अपहेलना मुद्दा दायर

११माघ,काठमाडौं | वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  अन्तर्वार्तामा अदालत र न्यायाधीशको अपमान हुनेगरी अभिव्यक्ति दिएकोमा   कारवाहीको मागसहित सर्वोच्च अदालतमा निवेदन पत्र दायर भएको हो।

content ad p2

अदालतप्रति भ्रामक हल्ला फिजाउने काम गरेको भन्दै निवेदक दिलबहादुर राईले त्रिपाठीविरुद्ध मुद्दा दायर गरेका हुन्। उनले त्रिपाठीमाथि हैदसम्मको सजायको माग गरेका छन्।

‘न्यायाधीशको कार्यक्षमता र समग्र न्यायाधीशलाई नै शंकाको घेरामा हाल्ने र न्यायाधीशलाई बदनाम गरी अदालतप्रतिको आस्था गरिमा तथा जनविश्वासमै प्रश्न चिन्ह खडा हुने गरि दिएको अभिव्यक्तिले अदालतको गरिमामा आँच पुग्ने तथा अदालतको अवहेलनाजन्य कार्यहरू भएको हुँदा निजलाई अदालतको अपहेलनामा कारवाही गरिपाउँ,’रिट निवेदनमा भनिएको छ।

 लामिछानेलाई कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएपछि न्यायाधीशहरूको आलोचना गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए।
अदालतले लामिछानेलाई धरौटीमा छोड्ने आदेश दिएपछि बहस गरेबमोजिम परिणाम नआएको भन्दै उनले न्यायाधीशकै आलोचना गरेका थिए।

त्रिपाठीको उक्त अभिव्यक्तिप्रति न्यायाधीश समाज नेपालले खेद प्रकट समेत गरेको छ।

ठगी मुद्दाका आरोपित लामिछानेविरुद्ध मुद्दामा पीडितको तर्फबाट बहस गरेर फर्किने क्रममा उनीमाथि आक्रमणको प्रयास भएको थियो । आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

माग सम्बोधन नभए आइतबारदेखि आमरण अनसनको चेतावनी

Akleshsaran Patel

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर