११माघ, वीरगञ्ज ।मिरोज अहमद अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा केन्द्रिय सचिव (मुस्लिम) पदमा निर्विरोध निर्वाचित भएका छन् । सम्मेलनका क्रममा केन्द्रिय सचिव पदका लागि २ जनाको उम्मेदवारी परे पनि दाबी विरोध परेपछि मिरोज निर्विरोध निर्वाचित भएका हुन् ।

अहमद यसअघि संगठनको केन्द्रिय सदस्यको भूमिकामा रहेर संगठनलाई सुदृढ बनाउने कार्यमा योगदान दिएका व्यक्ति हुन् । निर्वाचित भएपछि उनले विद्यार्थीका हकहित, शिक्षामा सुधार र प्रविधिसँगको समायोजनमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
अहमदले भने, “विद्यार्थीहरूको अधिकारका लागि निरन्तर संघर्ष गर्दै शिक्षालाई प्रविधिसँग जोड्ने र गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चित गर्ने मेरो प्रमुख लक्ष्य हुनेछ ।”



