Lucky-Khabar_

पर्सामा नेपाली नागरिकता पछिल्लो ३ महिनामा ६ जनाले गरे परित्याग

१३ माघ,वीरगञ्ज ।जिल्ला प्रशासन कार्यालय  पर्सामा  बितेको कार्तिक, मंसिर पुस महिनामा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।

content ad p2

गतको आर्थिक बर्ष २०८०/८१ मा पनि यहि अवधिमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका थिए । यस्तै चालू आर्थिक बर्षको ६ महिनामा भने कुल १२ जनाले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासनको तथ्यांकमा उल्लेख छ |

चालु आवको साउन महिनामा चारजना, भदौ र असोजमा एक÷एक जनाले नागरिकता परित्याग गरिसकेका छन । विदेशमा गएर उतै बस्ने भएपछि त्यस्ता ब्यक्तिले नागरिकता परित्याग गर्ने गरेका छ्न् । यस्तै बितेको तीन महिनामा दुई हजार नौ सय जनाले पर्साबाट नयाँ नेपाली नागरिकता लिएका छन् ।

२  हजार ७९ जनाले नागरिकताको प्रतिलिपी जिल्ला प्रशासन बाट लिएका छन् । बितेको कार्तिक महिनामा आठ सय ९१ जनाले नयाँ नागरिकता लिँदा, मंसिरमा नौ सय ५६ र पुस महिनामा एक हजार ५३ जनाले नयाँ नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले नयाँ भवनबाट सेवा दिन थालेसँगै प्रशासनमा हुने काम पहिलेको भन्दा छिटो छरितो हुन थालेको सेवाग्राहीहरु बताउँछन् ।

 

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर