२४माघ्,काठमाडौं|फिल्म ‘मम्मी’को निर्माण पक्षले साइको थ्रिलर फेमिली ड्रामा जनरामा बनाएको दाबी गरेको बुधबार सुन्धारास्थित एक हलमा प्रिमियर सम्पन्न भएको छ ।

नायिका प्रियङ्का कार्की, नायिका दिया मास्के र नायक तथा निर्देशक सुलक्षण भारतीको फिल्ममा केन्द्रीय भूमिकामा छन् ।
मम्मी फिल्मको गीत ‘म त यसै नक्कली’ सार्वजनिक कार्यक्रममा प्रियङ्काले भनेकी थिइन्, ‘मेरो यसअघिको हरर फिल्ममा दर्शक डराउनु पर्ने दृश्यमा हास्नुहुन्थ्यो । यसले मलाई हरर फिल्म प्रति ट्रमा छ । मैले निर्देशक (समर निरौला’लाई यो पटक त्यस्तो नहोस् भने सजग गराएको छु ।’

यो पटक दर्शक डराउनुपर्ने ठाउँमा डराउलान् त ? फिल्म प्रदर्शन नजिकिँदै गर्दा प्रियङ्कालाई यो प्रश्नले पक्के सताइरहेको होला । खैर, यो प्रश्नको जवाफ प्रियङ्काले भोलिबाट पाउने छिन् । शुक्रबार (भोलि)बाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।
दर्शकलाई डर पैदा गर्न सवालमा फिल्म सफल भएको उनको तर्क छ । भन्छिन्, ‘डर पैदा गर्नु भनेको हरर फिल्मको जीत हो । म डराएँ,यो भनेको फिल्मको जीत हो ।’
नायिका केकी अधिकारीले भने ‘मम्मी’लाई अहिलेसम्म बनेको उत्कृष्ट हरर फिल्मको संज्ञा दिइन् । उनले भनिन्, ‘नयाँ निर्देशकको काम हो जस्तो देखिँदैन ।’
नायक सलोन बस्नेतले फिल्मका विभिन्न दृश्यले आफूलाई त्रसित बनाएको प्रतिक्रिया दिए । उनले थपे, ‘त्रसित पार्ने दृश्यहरु मन पर्यो । हेर्दा मज्जा आयो । दिया मास्केको प्रस्तुती राम्रो लाग्यो । उहाँले निर्वाह गरेको भूमिका डरलाग्दो छ ।’

नायिका नम्रता श्रेष्ठलाई पनि फिल्म हेर्दा डर लागेछ । आफू हरर फिल्मको दर्शक नभएको बताउँदै उनले आधा फिल्म नै हेर्न नसकेको अनुभव सुनाइन् । उनले भनिन्, ‘मलाई फिल्म हेर्दा एकदमै डर लाग्यो । मेरो आँखा बन्द नै थियो । मैले पूरा फिल्म हेर्न सकिनँ ।’
लेखक तथा समीक्षक सामिप्यराज तिमल्सेना पनि ‘मम्मी’ फिल्मलाई अहिलेसम्मकै उत्कृष्ट हरर फिल्म मान्छन् । उनको विश्लेषण, ‘फिल्मका हरेक पक्ष अब्बल छन् । यो फिल्मले एउटा छाप छोड्ने निश्चित छ ।’
प्रिमियरमा उपस्थित अधिकांशले डेब्यू निर्देशक समरको निर्देशकीय क्षमताको समेत प्रशंसा गरे ।


