Lucky-Khabar_

आगलागी हुदा जिराभावानीमा ५० हजार भन्दा बढीको क्षति

२७माघ,वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका – १ पिपरा टोलमा शनिवारआगलागी हुदा जिराभावानीमा ५० हजार भन्दा बढीको क्षति भएको छ।
प्रहरीका अनुसार, आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, बर्तन र अन्य घरेलु सामग्रीहरू जलेर पनि क्षति भएको छ |

content ad p2

घटनाबारे जानकारी प्राप्त भएपछि, इलाका प्रहरी कार्यालय सेढवा र महादेवपट्टी प्रहरी चौकीका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए ।

आगो फैलिन नदिन र नियन्त्रणमा लिन स्थानीयवासी, प्रहरी चौकी महादेवपट्टी, इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका टोलीहरूले सक्रियता देखाए । संयुक्त प्रयासबाट आगो फैलिनुबाट रोकिएको र ठूलो क्षतिको अवस्था नआएको प्रहरी नायब निरीक्षक राजाराम यादवले बताए ।

प्रहरीले आगलागीको कारणको अहिलेसम्म थाहा नभएको अनुसन्धान जारी राखेको जनाएको छ ।

सम्बन्धित खबर

उपचारमा लापरबाहीको आरोपपछि न्यायको माग गर्दै बहुअरी चोकमा धर्ना:नारायणी अस्पताल प्रकरण

लक्की खबर

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा माइतीघरमा हिन्दुवादी सङ्गठनको प्रदर्शन

लक्की खबर

पेट्रोल पम्पमा मोटरसाइकलमा आगलागी, बाइक पूर्ण रूपमा जलेर नष्ट

लक्की खबर