१५ फागुन,वीरगञ्ज ।झन्डै ४ किलो सुनसहित ४ जना विदेशी नागरिक काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रममा बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले उज्बेकिस्तानका ३ महिला र १ पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिव र इस्राइलोव्ना साओदत फैजिवा छन् ।
प्रहरीले उनीहरूको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शङ्का लागेर चेकजाँच गर्दा मलद्वारामा लुकाएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले बताएको छ ।



