Lucky-Khabar_

रौतहटमा दुई अस्पतालको सटर मुख्यमन्त्री सिंहको निर्देशनपछि बन्द

१८ फागुन,रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा रहेका अस्पतालहरू उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्नाले आइतबार बिहानैबाट बन्द भएको छ ।

content ad p2

उपचारको नाममा चर्को शुल्क लिने सम्बन्धित निकायबाट अनुमति नै नलिई खुलेका अस्पतालले गरेको गुनासो आएपछि शनिबार मधेश प्रदेशका मुख्यमन्त्रीले अनुगमन तथा निरीक्षण गरेपछि त्यस्ता अस्पताल बन्द भएका हुन् ।

रौतहटको चन्द्रनिगाहपुरमा सामान्य प्रक्रियासमेत पुरा नगरी अस्पताल सञ्चालन गरेपछि स्थानीय स्तरमा त्यसको चर्को आलोचना भएपछि अनुगमनका लागि मुख्यमन्त्री सतिशकुमार सिंह रौतहट आएका थिए ।

सञ्चालनमा रहेका १० वटा निजी अस्पताल अनुगमनका क्रममा दर्तासमेत नभएका र नियम विपरीत चलाएको पाइएपछि मधेश प्रदेशका मुख्यमन्त्रीले बन्द गर्न निर्देशन दिएका थिए । पछि आइतबार अधिकांश निजी अस्पतालको सटर लागेको छ ।

चन्द्रपुर–४ मा सञ्चालनमा रहेका निजी अस्पताल अनुगमन गर्न शनिबार आएका मुख्यमन्त्री सिंहले मापदण्ड र दर्ता नभएको पाइएपछि तत्कालै बन्द गर्न सञ्चालकलाई पत्र थमाएका थिए ।

उनी अनुगमनमा आएको थाहा पाएपछि आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए । चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, दर्ता र मापदण्ड विपरीत चलाइएको पाएकाले बन्द गर्न निर्देशन दिएको थियो ।

मुख्यमन्त्री अनुगमनमा आएको थाहा पाएपछि पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रका एपोलो अस्पताल सञ्चालक सटर तानेर भागेका थिए ।

मुख्यमन्त्री सिंहले चन्द्रनिगाहपुरमा अधिकांश अस्पताल दर्ता नै नगरी सञ्चालन गरेको र आईसीयू, एमर्जेन्सी कक्ष मापदण्ड विपरीत भएको पाइएको बताए ।

अनुगमनका क्रममा दर्ता नै नभएको हाइवे ट्रमा अस्पताल र सिभिल अस्पतालले काठमाडौंका ठूला अस्पतालसरह बिरामीसित रकम असुलेको पाइएको थियो । यो ‘प्रक्रिया पु¥याएर मापदण्डअनुसार सञ्चालन गर्छन् भने ठिक छ, अन्यथा हामी कानुनको दायरमा ल्याउँछौँ, मुख्यमन्त्री सिंहले भने ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले बताए अनुसार मुख्यमन्त्री सिंहले बन्द गर्न भनिएका अस्पताल अटेर गरेर खोलेमा सञ्चालकलाई ल्याएर थुन्न समेत निर्देशन दिएको छ|
१५ शय्याको अस्पताल सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिएको हुनुपर्छ । त्यसभन्दा माथिको प्रदेशको स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिनुपर्ने प्रावधान छ । तर चन्द्रपुर अस्पताल र सिम्स अस्पताल बाहेक ९ अस्पताल बिनास्विकृत सञ्चालन गरेको पाइएकाले बन्द गर्न पत्र दिएको थियो ।

चन्द्रपुर, बृन्दावन, गरुडा, यमुनामाई गौर, कटहरियालगायतका क्षेत्रमा सञ्चालनमा रहेका धेरै अस्पताल दर्ता र मापदण्ड विपरीत रहेको स्वास्थ्य कार्यालय गौरले जनाएको छ ।

जिल्लामा पछिल्लो समय मापदण्ड विपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ । उनीहरूले हचुवाका भरमा धमाधम अस्पताल खोलका छन् । अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थलसमेत छैन । कुनै नहरको डिलमा सञ्चालनमा छन् । यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

मुख्यमन्त्रीले गौरमा दर्ताबिना संचालनमा रहेका दर्जनौँ निजी अस्पतालको पनि अनुगमन गर्नुपर्ने गौरका स्थानीय बासिन्दा पुष्पराज यादवले बताए ।

सम्बन्धित खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर