Lucky-Khabar_

मकवानपुर प्रहरीले सामुहिक बलात्कारको आरोपमा ७ जना पक्राउ

२४फागुन, हेटौंडा|मकवानपुर प्रहरीले सामुहिक बलात्कारको आरोपमा ७ जना पक्राउपक्राउ गरेको छ ।पक्राउ परेका सातै जना हेटौंडा उपमहानगरपालिका भित्रैकै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

content ad p2


प्रहरीका अनुसार गत माघ ६ गते बिहान करिब ८:३० बजे हेटौडा उपमहानगरपालिका -२ स्थित वनस्खण्डी मन्दिरभन्दा माथि जंगलमा जबरजस्ती करणी गरेको उजुरी बुधबार पीडित युवतीले दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीवार हेटौंडा उपमहानगरपालिकाभित्र विभिन्न स्थानमा बस्ने ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्धामा ५ दिनको म्याद अनुमति लिई प्रहरीले अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।

प्रहरीले सोही मुद्दामा शुक्रबार थप २ जना आरोपित किशोरहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको समेत जनाएको छ । उक्त घटनामा पक्राउ परेका सातैजना आरोपित किशोरहरु १८ वर्षभन्दा मुनिका रहेका छन्।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर