Lucky-Khabar_

महायज्ञ गर्ने मानव कल्याणको तर घर भत्काउने दलित परिवारको: न्याय दिन सांसदहरूको माग

७ चैत,काठमाडौं ।महायज्ञ गर्ने मानव कल्याणको लागि तर घर भतकाउने दलित परिवारको भएको छ ।  त्यसैले प्रतिनिधिसभाका सांसदहरूले  घर भत्काइएका दलित परिवारलाई न्याय दिन माग गरेका छन् । बिहीबार बैठकमा सांसदहरूले सिरहाको औरही–५ का दीपक मलिक डोमको घर महायज्ञ गर्न भन्दै भत्काइएकामा सांसदहरूले आपत्ति जनाएका हुन् ।

content ad p2

कांग्रेस सांसद जीवन परियारले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोमको घर भत्काएको भन्दै आपत्ति जनाए । उनले पीडित परिवारलाई न्याय दिन माग गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद मनिष झाले पनि घटनाको भत्र्सना गर्दै कारबाहीको माग गरे ।

जनमत पार्टीका सांसद अब्दुल खानले प्रहरी चौकी र स्थानीय अगुवाले मौन सहमति जनाएको भन्दै आपत्ति जनाए ।

  • उनले भने “घर बनेको ठाउँको माटो पनि अपवित्र हो भनेर फालिन्छ,” उनले भने,
    आकस्मिक समयमा अधिकांश सांसदहरूले उक्त घटनाप्रति आपत्ति जनाएका छन् ।

सम्बन्धित खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर