Lucky-Khabar_

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु र १ घाईते

१४चैत,राजविराज | मोटरसाइकल दुर्घटना हुदा सप्तरीमा हुँदा १ को मृत्यु १ जना गम्भीर घाइते भएका छन् ।
बुधबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामास्थित प्र.२–०२–०१६ प १२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

content ad p2


भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा चालक कञ्चनरुप नगरपालिका–१२ रुपनगरका २७ वर्षीय विक्रम बञ्जराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बञ्जराको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा जिल्लाको रुपनी गाउँपालिका–४ का ३४ वर्षीय सन्तोष इसर गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर