Lucky-Khabar_

ठूलो परिमाणमा लागूऔषध भारतीय एम्बुलेन्सबाट ललितपुरमा बरामद

२३चैत,काठमाडौं |ललितपुरमा प्रहरीले भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गरेको छ।
गएको राति १.५0 मि.मा वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको भारतीय एम्बुलेन्सबाट ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा रहेको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध लागूऔषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

content ad p2

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए अनुसार मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौं आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको ह|


एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद र लागूऔषध कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको उनले जानकारी गराए।

पक्राउ पर्ने एम्बुलेन्समा भारतको मोतिहारीं जिल्लाको नागरिक १ बालक र १ बालिका समेत रहेका थिए प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर