Lucky-Khabar_

हजारौँ श्रद्धालुले गहवामाईको दोस्रो निशानसहितको डोली यात्रा भव्यता पूर्वक सम्पन्न गरे

२३चैत,वीरगञ्ज ।आज (शनिवार) चैते दसैँको पावन अष्टमीको अवसरमा वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरबाट गहवामाई माताको दोस्रो डोली यात्रा भव्य र उल्लासमय वातावरणमा सम्पन्न भएको छ ।

content ad p2

डोली यात्राको सम्पूर्ण तयारी लामो समयदेखि भइरहेको थियो र आजको दिनलाई विशेष बनाउन कुनै कसर बाँकी राखिएको थिएन समितिका अध्यक्ष नरेन्द्र साहले बताए ।

दिउँसो २ बजे गहवामाई माताको डोली र निशानको विधिवत् रूपमा विशेष पूजा–आजा सम्पन्न गरिएको थियो । पूजापछि अपराह्न ४ बजे मन्दिर प्राङ्गणबाट डोली यात्रा औपचारिक रूपमा सुरु भएको हो । यात्राले वीरगञ्जको २ नम्बर रोड, बिर्ता मन्दिर, अलखीयामठ, महावीरस्थान हुँदै माईस्थानको चोकको परिक्रमा गरेको थियो। परिक्रमा पश्चात् डोली पुनः गहवामाई मन्दिरमा फर्केर भव्य समापन गरिएको छ ।

सो डोली यात्राको विशेष आकर्षणको रूपमा सहभागी भक्तजनलाई गहवामाई माताको तस्बिर अङ्कित निशान वितरण गरिएको थियो ।


प्रति निशान ३५० रुपैयाँ शुल्क निर्धारण समितिले गरेको थियो । पहिलो वर्ष डोली यात्रामा ६५० वटा निशान वितरण भएको स्मरण गर्दै अध्यक्ष साहले यस वर्ष सहभागिता र उत्साह अझ बढेको बताए । निशान प्राप्त गर्न भक्तजनमा ठूलो उत्साह देखिएको र यात्रालाई माताको आशीर्वादको प्रतीकका रूपमा लिइएको स्थानीय श्रद्धालुले बताएका छन् ।

डोली यात्राको भव्य सफलतापछि आयोजकले साँझ मन्दिर प्राङ्गणमा महाआरतीको विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । महाआरतीले दिनभरको धार्मिक उत्सवलाई अझै उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

अध्यक्ष नरेन्द्र साहले सम्पूर्ण भक्तजन, सहयोगी र आयोजक टिमप्रति कृतज्ञता व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस्ता धार्मिक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन् । उनले सबैलाई आस्था, श्रद्धा र एकताका साथ सहभागी भई गहवामाई माताको कृपाको अनुभव गर्न आह्वान गरेका छन् ।

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

एकअर्कालाई सम्मान र सहयोग गर्नु सबैको दायित्व : सांसद सुशिल शाह कानु

लक्की खबर