Lucky-Khabar_

एमाले बिरगंज महानगर कमिटीको अध्यक्षमा शर्माकाे प्यानल निर्वाचित

राम आर्य
९बैसाख,पर्सा । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।

content ad p2

विरगंजको घण्टाघरस्थित क्लासिक होटलमा मतगणना गरेर मंगलबार साख सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका केन्द्रीय सदस्य एवं संघीय मामिला मन्त्री राजकुमार गुप्ता पक्षका शर्मा निर्वाचित भएका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद प्रभु हजरा पक्षका प्रतिस्पर्धी सुन्दर कुर्मीलाई ५५ मतान्तरले पछि पार्दै शर्माले १ सय ५१ मत पाउँदा  कुर्मीले  ९६ मत पाए।

एमाले महानगर कमिटीको पदाधिकारीमा शर्मा समूहको प्यानल नै विजयी भएको छ। उपाध्यक्षमा रामकिशोर सिंह (पराग), सचिवमा लियाकत अलि , उपसचिवमा जय नारायण सिंह कुर्मी, महिला उपसचिवमा विमला श्रीवास्तव निर्वाचित भए । एमाले बिरगंजको दोस्रो अधिवेशन ब्रहमचौक नजिक ओम पार्टी प्यालेसमा चैत्र ३० गतेबाट सुरु भएको थियो।

३१ गते निर्वाचन हुने भनिए पनि वीरगन्जमा नोमिनेशनकै दिन कफ्र्यू लागेपछि निर्वाचन स्थनगन गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्वका लागि २ समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।अधिवेशनका लागि २ सय ५६ जना प्रतिनिधि थिए । मंगलबार मतदान सकिँदा २ सय ४८ मत खसेको थियो ।

सम्बन्धित खबर

आँधी कहाँसम्म आइपुग्यो, तुफान कति टाढा छ?’ भन्दै प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

लक्की खबर

राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव शमानी रास्वपामा प्रवेश

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर