Lucky-Khabar_

श्री परशुराम जयन्तीको उपलक्ष्यमा बीरगंजमा शुभकामना कार्यक्रम सम्पन्न

कन्हैया पटेल.राम आर्य
१७बैसाख्,बिरगंज| हिन्दू धर्मका महान योद्धा, तपस्वी र न्यायको प्रतीक भगवान श्री परशुरामको जयन्ती तथा अक्षय तृतीयाको अवसरमा बीरगंज गहवामाई मंदिरमा बुधवार भव्य शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने यस अवसरमा पर्साका स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सो कार्यक्रममा पंडित संजय चतुर्वेदी, पंडित दिनेश तिवारी, पंडित विद्याधर झा एवं पंडित सच्चिदानंद दुबे द्वारा स्वस्तिवाचन गरीएको थियो भने भगवान परशुरामको चित्रमा माल्यार्पण दीप प्रज्वलन गरी कार्यक्रम को उद्घाटन गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ व्यक्तित्व देवनाथ उपाध्याय रहनु भएको थियो भने ब्राह्मण समाज नेपाल, पर्साका अध्यक्ष कामेश्वर मिश्रले सभापतिको भूमिका सम्हाल्नुभएको थियो।
वक्ताहरूले भगवान परशुरामको जीवन, संघर्ष र समाजप्रतिको समर्पणबारे प्रकाश पार्दै यस्तो धार्मिक पर्वले सामाजिक ऐक्यबद्धता, सांस्कृतिक जागरण तथा राष्ट्रिय एकताको सन्देश दिने विश्वास व्यक्त गरे। वक्ताहरूले आजको समयमा परशुरामको शिक्षाबाट प्रेरणा लिएर समाजमा न्याय, सत्य र धर्मको स्थापनाका लागि सक्रिय भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे।

content ad p2

कार्यक्रममा स्थानीय धर्मगुरुहरू, समाजसेवीहरू, शिक्षाविद्हरू, पत्रकारहरू, महिला प्रतिनिधिहरू, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो। मन्तव्य कार्यक्रमपछि सहभागीहरूलाई प्रसाद वितरण गरिएको थियो। साथै, स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको थियो, जसले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो। समाजमा विशेष योगदान गरेका चार जना महान व्यक्तित्व लाई दोसल्ला ओढ़ाई सम्मान गरिएको थियो जसमा श्री गहवा माई मंदिरका मुल पुजारी पंडित राधेश्याम उपाध्याय, नेपाल पत्रकार महासंघ का केंद्रीय सचिव श्री अशोक तिवारी, श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति का महासचिव श्री पप्पू गुप्ता एवं हिंदू परिषद नेपाल का केंद्रीय कोषाध्यक्ष श्री वंदना शर्मा रहेका छन।

आयोजक बृहस्पति फाउन्डेशन नेपाल र श्री परशुराम जयन्ती समारोह समितिले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष–परोक्ष रूपमा साथ र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र व्यापक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

यस कार्यक्रमले धार्मिक सद्भाव, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

बृहस्पति फाउन्डेशन नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको सो समारोह समिति पर्साका संयोजक पं. रतनेश तिवारीले कार्यक्रम सञ्चालन गरेका थीए।

सम्बन्धित खबर

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर

पर्सामा हिन्दूवादी सङ्गठनहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर