राम आर्य
१९बैसाख,बिरगंज|आज शुक्रवार ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंज,रुँगता वेलफेयर सोसाइटी वीरगंज तथा वीरगंज सामुदायिक आँखा अस्पताल वीरगंजको सँयुक्त आयोजनामा नि:सुल्क घुम्ती स्वास्थ्य शिविर समपन्न भएको छ |

कार्यक्रम जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं ०१ बजार छपकैया विपन्न समुदायका डोम बस्ती टोलमा निःसुल्क आखा,कान तथा दाँत चेक जाँच घुम्ती शिविर भएको छ |
कार्यक्रमका प्रमुख अथिति जिल्ला प्रहरी कार्यालय वीरगंज पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्र हुनुहुन्थ्यो भने अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर बिरगंजका अध्यक्ष जय प्रकाश खेतानले गर्नु भएको थियो |

उक्त कार्यक्रममा नागरिक समाज, समाज सेवी,सुरक्षा निकायका पदाधिकारी सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,प्रहरी वरिष्ठ नायव निरीक्षक केदार तिमिल्सेना,प्रहरी नायव निरिक्षक प्रदिप कुमार गोले,बिभिन्न संचार कर्मी तथा स्थानीय मानिसहरू लगायतको उपस्थिती थियो |

त्यस्तै सिविरमा चेकजाच सेवा लिनेहरु महिला १३० जना र पुरुष ८० जना गरी जम्मा २१० जना थियो भनिचेक जाँच स्वास्थ्यकर्मीले बताए|

कार्यक्रममा उपस्थित तथा सहभागिताज्युहरू।,सामुदायिक आँखा अस्पताल वीरगंजको महेश सिंह धामी,समाज सेवी कमल चौगाई,ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरका सदस्य कैलाश बजाज, समाज सेवी लालबाबु गुप्ता,श्याम प्रसाद साह,प्रहरी वरिष्ठ हवल्दार प्रेम राम ,प्रहरी सहायक हवल्दार अजिता घिमीरेहरुको पनि बिशेष उपस्थिति रहेका थिए |


